Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

एमालेको जागरण सभाका कमाण्डर कम्बोडिया प्रस्थान

६ मंसिर २०८१, बिहीबार ०३:२२

६ मंसिर,काठमाडौं। नेकपा एमालेको जागरण सभाका संयोजक बनेका नेता राजन भट्टराई कम्बोडिया प्रस्थान गरेका छन् । पार्टीले मंसिर ७ गते काठमाडौँमा तय गएको जागरण सभा छाडेर उनी गएराति कम्बोडिया प्रस्थान गरेका हुन् ।

एमालेले भोलि काठमाडौंमा गर्ने भनिएको जनसभाका संयोजक समेत रहेका भट्टराई कार्यक्रमको अघिल्लो दिन नै कम्बोडिया पुगेका हुन्।कम्बोडियामा आजदेखि तीनदिनसम्म चल्ल्ने एसियन पोलिटकल पार्टी (ICAPP)को १२ औं सम्मेलन आइक्यापमा भाग लिन एमालेसहितका पाँच दलका नेताहरु कम्बोडिया पुगेको भट्टराईले जनाएका छन्।

सम्मेलनमा कांग्रेस नेतृ सुजता कोइरालासहितका नेताहरु सहभागी छन्। सोही कार्यक्रमका लागि सभामुख देवराज घिमिरे पनि भोलि जाने कार्यक्रम तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। सम्मेलनमा विभिन्न मुलुकका संस्कृति, शान्ति छलफ र सामाजिक संजालको उपयोग लगायतमाल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको कम्पनीमा अरबौं रुपैयाँ लगानी गरेको भन्ने हल्ला चलिरहदा एमाले नेता भट्टराईको कम्बोडिया भ्रमणलाई लिएर विरोधीहरुले भने प्रश्न उठाएका छन्।

एमालेले मंसिर ७ गते एक लाख मानिससहित राजधानीको दरबारमार्गमा शक्ति प्रदर्शन गर्ने जनाएको छ । सोही कार्यक्रममा सभामुख देवराज घिमिरे समेत जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्