Trending
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |    
समाचार

एमालेको जागरण सभाका कमाण्डर कम्बोडिया प्रस्थान

६ मंसिर २०८१, बिहीबार ०३:२२

६ मंसिर,काठमाडौं। नेकपा एमालेको जागरण सभाका संयोजक बनेका नेता राजन भट्टराई कम्बोडिया प्रस्थान गरेका छन् । पार्टीले मंसिर ७ गते काठमाडौँमा तय गएको जागरण सभा छाडेर उनी गएराति कम्बोडिया प्रस्थान गरेका हुन् ।

एमालेले भोलि काठमाडौंमा गर्ने भनिएको जनसभाका संयोजक समेत रहेका भट्टराई कार्यक्रमको अघिल्लो दिन नै कम्बोडिया पुगेका हुन्।कम्बोडियामा आजदेखि तीनदिनसम्म चल्ल्ने एसियन पोलिटकल पार्टी (ICAPP)को १२ औं सम्मेलन आइक्यापमा भाग लिन एमालेसहितका पाँच दलका नेताहरु कम्बोडिया पुगेको भट्टराईले जनाएका छन्।

सम्मेलनमा कांग्रेस नेतृ सुजता कोइरालासहितका नेताहरु सहभागी छन्। सोही कार्यक्रमका लागि सभामुख देवराज घिमिरे पनि भोलि जाने कार्यक्रम तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। सम्मेलनमा विभिन्न मुलुकका संस्कृति, शान्ति छलफ र सामाजिक संजालको उपयोग लगायतमाल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको कम्पनीमा अरबौं रुपैयाँ लगानी गरेको भन्ने हल्ला चलिरहदा एमाले नेता भट्टराईको कम्बोडिया भ्रमणलाई लिएर विरोधीहरुले भने प्रश्न उठाएका छन्।

एमालेले मंसिर ७ गते एक लाख मानिससहित राजधानीको दरबारमार्गमा शक्ति प्रदर्शन गर्ने जनाएको छ । सोही कार्यक्रममा सभामुख देवराज घिमिरे समेत जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्