Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

६ मंसिर २०८१, बिहीबार ०३:२५

६ मंसिर,काठमाडौं। क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्