Trending
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |    
समाचार

गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना

६ मंसिर २०८१, बिहीबार ११:५२

काठमाडौं। अमेरिकाको न्याय मन्त्रालयले अनलाइन सर्चमा एकाधिकार अन्त्य गर्न गुगलले क्रोम ब्राउजर बिक्री गर्नुपर्ने बताएको छ ।

मन्त्रालयले अघि सारेको प्रस्तावमा क्रोम बिक्री गरेको पाँच वर्षसम्म कम्पनीलाई सर्च इन्जिनको मार्केट प्रवेश गर्न रोक लगाउने उल्लेख गरिएको छ । यसका अलावा विभागले आर्टिफिसियल इन्टेलिजेन्स र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका विषयमा पनि महत्त्वपूर्ण कदम उठाउने सम्भावना रहेको बताइएको छ । साथै, न्यायाधीशले गुगलका लागि डेटा लाइसेन्सिङ अनिवार्य गर्नेगरी फैसला गर्नसक्ने आंकलन पनि गरिएको छ ।

यदि उल्लेखित सबै फैसला लिइएको खण्डमा यो कुनैपनि प्रविधि कम्पनीको विरुद्धमा उठाइएको सबैभन्दा ठूलो कानुनी कदम हुनेछ । अगष्टमा भएको एक फैसलामा अदालतले गुगलको एकाधिकार विरोधी नियमहरूको उल्लंघनमा दोषी ठहर गरेको थियो । गुगलको सर्च तथा विज्ञापन बजारमा आफ्नो एकाधिकारको गलत फाइदा उठाएको ठहर अदालतले गरेको थियो ।

अदालतले भनेको थियो, ‘सबै साक्षी तथा सबुतलाई मध्यनजर तथा विचार गर्दा अदालत यो निष्कर्षमा पुगेको छ कि गुगल एकाधिकारवादी छ र उसले आफ्नो एकाधिकारलाई कायम राख्नका लागि काम गरेको छ।’

गुगलले तेस्रो पक्षलाई भुक्तानी गरेर समेत आफ्नो सर्च इन्जिनलाई डिफल्ट अथवा प्राथमिक बनाएको विषय समेत अदालतले हेरेको छ ।अदालतमा पेस गरिएका कागजातमा गुगलको एन्ड्रोइड र क्रोमले एकाधिकार तोड्न ठूलो चुनौती खडा गरेको उल्लेख छ ।

गुगलले एन्ड्रोइडमा क्रोमलाई प्राथमिकतामा राख्न नछोडेमा एन्ड्रोइड नै बिक्री गर्नुपर्ने सुझाव समेत अदालतले अघि सारेको छ । गुगलले एप्पलका डिभाइसमा क्रोमलाई डिफल्ट ब्राउजर बनाउन गर्ने सम्झौता समेत खारेज गर्नुपर्ने अभियोजकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्