Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो

६ मंसिर २०८१, बिहीबार १४:५१

६ मंसिर,काठमाडौँ। पहिलोपटक गरिएको कन्ट्री रेटिङमा नेपालले डबल बी अर्थात् बीबी माइनस प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ले उक्त नतिजा प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल हो । यद्यपि दक्षिण एसियाका अरु राष्ट्रहरुभन्दा बढी (राम्रो) हो । नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने संकेत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमानका आधारमा उक्त रेटिङ प्रदान गरेको हो ।

फिचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नेपालको बाह्य ऋणको बोझ, बलियो बाह्य तरलता र जलविद्युत् क्षेत्रले अर्थतन्त्रलाई बल पुर्‍याएको छ । यिनै कारणले गर्दा पनि नेपालको आर्थिक वृद्धिको सम्भावना झल्काउने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सन् २००६ मा सशस्त्र द्वन्द्वको अन्त्य र त्यसपछिको राजनीतिक संक्रमणमा भएको सुधारले पनि केही हदसम्म सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, रेमिट्यान्स आय तथा विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति बचतलाई पनि फिचले सकारात्मक र”पमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्