Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो

६ मंसिर २०८१, बिहीबार १४:५१

६ मंसिर,काठमाडौँ। पहिलोपटक गरिएको कन्ट्री रेटिङमा नेपालले डबल बी अर्थात् बीबी माइनस प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ले उक्त नतिजा प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल हो । यद्यपि दक्षिण एसियाका अरु राष्ट्रहरुभन्दा बढी (राम्रो) हो । नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने संकेत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमानका आधारमा उक्त रेटिङ प्रदान गरेको हो ।

फिचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नेपालको बाह्य ऋणको बोझ, बलियो बाह्य तरलता र जलविद्युत् क्षेत्रले अर्थतन्त्रलाई बल पुर्‍याएको छ । यिनै कारणले गर्दा पनि नेपालको आर्थिक वृद्धिको सम्भावना झल्काउने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सन् २००६ मा सशस्त्र द्वन्द्वको अन्त्य र त्यसपछिको राजनीतिक संक्रमणमा भएको सुधारले पनि केही हदसम्म सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, रेमिट्यान्स आय तथा विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति बचतलाई पनि फिचले सकारात्मक र”पमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्