Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

काठमाडौँ प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने

६ मंसिर २०८१, बिहीबार १५:०४

६ मंसिर, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन्, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्