Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

काठमाडौँमा दुई जना मृतावस्थामा फेला

७ मंसिर २०८१, शुक्रबार ०२:२३

७ मंसिर, काठमाडौँ। काठमाडौँको माछापोखरीमा बिहीबार दुईजना मृत फेला परेका छन्।

काठमाडौँ महानगरपालिका १६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका ६ घर भएका २८ वर्षीय भोला पाठक मृत भेटिएका हुन्।

यस्तै सोही ठाउँको मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि मृत फेला परेका पुरुषको सनाखत हुन सकेको छैन। यसबारे अनुसन्धान गरिरहेको प्रवक्ता उनले बताए।

प्रतिक्रिया दिनुहोस्