Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

काठमाडौँमा दुई जना मृतावस्थामा फेला

७ मंसिर २०८१, शुक्रबार ०२:२३

७ मंसिर, काठमाडौँ। काठमाडौँको माछापोखरीमा बिहीबार दुईजना मृत फेला परेका छन्।

काठमाडौँ महानगरपालिका १६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका ६ घर भएका २८ वर्षीय भोला पाठक मृत भेटिएका हुन्।

यस्तै सोही ठाउँको मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि मृत फेला परेका पुरुषको सनाखत हुन सकेको छैन। यसबारे अनुसन्धान गरिरहेको प्रवक्ता उनले बताए।

प्रतिक्रिया दिनुहोस्