Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

काठमाडौंमा एमालेको बृहत प्रदर्शन

७ मंसिर २०८१, शुक्रबार ०७:५६

७ मंसिर, काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्‍याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुने क्रम जारी छ ।

विभिन्न स्थानबाट सुरू भएको जुलुस अहिले दरबारमार्गमा सभामा परिणत भइरहेको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै उक्त सभाको प्रमुख वक्ता छन् । एमालेको प्रदर्शन र सभाका कारण ट्राफिक अस्तव्यस्त भएको छ ।

शान्ति सुरक्षा र सबै खालका अराजकता र सुशासन समेत कायम गर्ने राज्यको जिम्मेवारी बोकेको दल नै सडक प्रदर्शनमा उत्रिन लागेको भन्दै केहीले आलोचना गरिरहेका बेला एमालेले भने अलोकतान्त्रिक शक्तिहरू संगठित हुन नदिनका लागि समेत सभा प्रदर्शन गर्ने निर्णय भएको एमालेले बताएको छ ।

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरे ।

सभामा विभिन्न स्थानबाट र्‍याली आउने क्रम जारी छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले दिउँसो १३ः३० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्