Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

काठमाडौंमा एमालेको बृहत प्रदर्शन

७ मंसिर २०८१, शुक्रबार ०७:५६

७ मंसिर, काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्‍याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुने क्रम जारी छ ।

विभिन्न स्थानबाट सुरू भएको जुलुस अहिले दरबारमार्गमा सभामा परिणत भइरहेको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै उक्त सभाको प्रमुख वक्ता छन् । एमालेको प्रदर्शन र सभाका कारण ट्राफिक अस्तव्यस्त भएको छ ।

शान्ति सुरक्षा र सबै खालका अराजकता र सुशासन समेत कायम गर्ने राज्यको जिम्मेवारी बोकेको दल नै सडक प्रदर्शनमा उत्रिन लागेको भन्दै केहीले आलोचना गरिरहेका बेला एमालेले भने अलोकतान्त्रिक शक्तिहरू संगठित हुन नदिनका लागि समेत सभा प्रदर्शन गर्ने निर्णय भएको एमालेले बताएको छ ।

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरे ।

सभामा विभिन्न स्थानबाट र्‍याली आउने क्रम जारी छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले दिउँसो १३ः३० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्