Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

७ मंसिर २०८१, शुक्रबार १२:४९

७ मंसिर, चितवन। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले पूरक जाहेरी दिएपछि शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी लक्ष्मण केसीले रविसहित १० जनाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी दिएका छन् ।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका थिए । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।

चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । सहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।

रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् । यसअघि रविलाई पक्राउ गर्न कास्कीसहित रुपन्देही र काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्