Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

७ मंसिर २०८१, शुक्रबार १२:४९

७ मंसिर, चितवन। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले पूरक जाहेरी दिएपछि शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी लक्ष्मण केसीले रविसहित १० जनाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी दिएका छन् ।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका थिए । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।

चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । सहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।

रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् । यसअघि रविलाई पक्राउ गर्न कास्कीसहित रुपन्देही र काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्