Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

कालिकोटबाट टिकापुर जाँदै गरेको बस सिस्नेमा दुर्घटना

७ मंसिर २०८१, शुक्रबार १२:५६

७ मंसिर,कालिकोट। शुक्रवार बेलुका दैलेखमा भएको बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको नगरपालिका –३ सिस्नेमा जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको थियो ।

घाइतेलाई तत्काल उपचारका लागि साङतेडामस्थित स्थानीय मेडिकलमा पठाइएको छ भने अन्य २० जना सामान्य घाइतेलाई पनि उपचारका लागि व्यवस्था गरिएको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।

अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको र विवरण संकलनको कार्य भइरहेको छ। प्रहरीका अनुसार बस भित्तामा ठोकिएको अवस्थामा छ। दुर्घटनाको कारण बसको ब्रेक फेल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्