Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कालिकोटबाट टिकापुर जाँदै गरेको बस सिस्नेमा दुर्घटना

७ मंसिर २०८१, शुक्रबार १२:५६

७ मंसिर,कालिकोट। शुक्रवार बेलुका दैलेखमा भएको बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको नगरपालिका –३ सिस्नेमा जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको थियो ।

घाइतेलाई तत्काल उपचारका लागि साङतेडामस्थित स्थानीय मेडिकलमा पठाइएको छ भने अन्य २० जना सामान्य घाइतेलाई पनि उपचारका लागि व्यवस्था गरिएको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।

अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको र विवरण संकलनको कार्य भइरहेको छ। प्रहरीका अनुसार बस भित्तामा ठोकिएको अवस्थामा छ। दुर्घटनाको कारण बसको ब्रेक फेल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्