Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

कफी खेतीमा युवालाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी

७ मंसिर २०८१, शुक्रबार १३:१२

७ मंसिर,काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्  ।

शुक्रबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्न जोड दिएका हुन् ।मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्नेगरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिए ।

नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्ग्यानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको उनले बताए । ‘कफी खेतीका लागि सार्वजनिक निजी साझेदारी, साथै कफीको मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबिच समन्वय र सहकार्य आवश्यक छ’ उनले भने ।

उनले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरहनु नेपाली कफी क्षेत्रको लागि गौरवको विषय बनेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्