Trending
भिरबाट लडेर युवकको मृत्यु     |     जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित     |     साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत     |     दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत     |     कर्णालीमा प्रशासनिक संरचना पुनर्संरचना हुँदै, मन्त्रालय घटाएर ६ बनाउने सिफारिस     |     एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी     |     नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक     |     युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी     |     बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न     |     गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा     |    
समाचार

सभामुख घिमिरे पनि कम्बोडिया लागे

८ मंसिर २०८१, शनिबार ०२:१७

८ मंसिर,काठमाडौँ। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को ११औँ पूर्ण सत्रमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।

मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को एघारौं पूर्ण सत्रमा सहभागी हुन सभामुख घिमिरे त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल छन् । कम्बोडियामामा नै रहेका प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ ।

११ औं बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद र नागरिक समाजबीचको समन्वय एवं सह–अस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्