Trending
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |    
समाचार

विशेषका थुप्रै फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्चमा

८ मंसिर २०८१, शनिबार ०२:२५

८ मंसिर,काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो ।

विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

त्यस्तै, आयोगले घनश्याम दुवे, ठाकुरप्रसाद गुरौला, शक्तिप्रसाद सापकोटा, पुष्पा सापकोटाविरुद्ध विशेषमा दायर गरेको मुद्दामा सफाइ दिएको थियो।

झुट्ठा सरुवा पत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको अभियोगमा मनकाकुमारी अवस्थी, नरबहादुर कुँवर, जयराज जोशीको मुद्दामा पनि विशेषले सफाइ दिएको थियो। सो मुद्दामा आयोगले पुनः पुनरावेदन गरेको छ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोगमा आयोगले दायर गरेको मुद्दामा चन्द्रसिंह लामा, संगीता चौलागाई, माधवप्रसाद चौलागाईंलाई पनि विशेष अदालतले सफाइ दिएको थियो। निजहरुलाई गत जेठ २३ गते दिइएको सफाइ चित्त नबुझेको भन्दै आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले सम्राटबहादुर शाहविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले गत मंसिर ७ गते सफाइ दिएको थियो। प्रतिवादी महेश सिंह कठायत समेतको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेको भन्दै शुक्रबार पुनरावेदन गरेको छ।

त्यस्तै, प्रतिवादी विनोदकुमार यादवविरुद्ध गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा दायर भएको मुद्दामा समेत विशेषले विसं २०८० फागुन ६ गते सफाइ दिएको थियो । सो फैसलामा समेत चित्त नबुझाई पुनरावेदन गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।

प्रतिवादी परशुराम अधिकारी, सीताराम पोखरेल, ताराप्रसाद जोशी र प्रसाराम भुसाल, भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधरविरुद्ध दायर भएको मुद्दामा २०८० माघ ७ गते सफाइ दिएको थियो। सो फैसलाविरुद्ध आयोग शुक्रबार सर्वोच्च अदालत पुगेको हो।

प्रतिवादी नारायणप्रसाद पौडेल लगायतको मुद्दामा समेत विशेषले गत मङ्सिर ७ मा सफाइ दिएको थियो। सो मुद्दामा पनि आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

यस्तै, सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद, पुष्पराज सिग्देल विरुद्धको मुद्दामा पनि विशेषले विसं २०८० पुस १८ गते सफाइ दिएको थियो । सो सफाइमा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो।

ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्षतिपूर्ति लगायतका मुद्दामा सहजीकरण गरिदिने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोककुमार यादवले र २० हजार घूस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको हो।

आयोगको महोत्तरी कार्यालयबाट गएको टोलीले नासु यादवलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको हो। आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्