Trending
साढे नौ हजारले बढ्यो सुनको मूल्य     |     आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु     |     विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी : शिविर मार्फत उपचार सुरु     |     टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै     |     साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |     म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित     |     वेस्ट इन्डिजद्वारा स्कटल्यान्ड पराजित     |     विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ     |     ‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन     |    
समाचार

रविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी, काठमाडौँ ल्याउने तयारी

८ मंसिर २०८१, शनिबार ०२:३३

८ मंसिर,काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले लामिछानेसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए। जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको एसपी मिश्रले बताए।

रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका हुन् ।

सहारा बचतको रकम अपलचनमा संलग्न लामिछाने र जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले  बताए । चितवनस्थित सहारा बचतका पीडितले उनीहरू विरूद्ध पूरक जाहेरी दिएका थिए ।

साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए। अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन्।

साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्