Trending
भिरबाट लडेर युवकको मृत्यु     |     जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित     |     साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत     |     दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत     |     कर्णालीमा प्रशासनिक संरचना पुनर्संरचना हुँदै, मन्त्रालय घटाएर ६ बनाउने सिफारिस     |     एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी     |     नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक     |     युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी     |     बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न     |     गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा     |    
समाचार

भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु

८ मंसिर २०८१, शनिबार ०२:४०

८ मंसिर,काठमाडौँ। अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एकजना रुकुमेलीको मृत्यु भएको छ । आठसबिसकोट नगरपालिका–७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए ।

लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० बर्षिय नेपाली मूलका विजय तामाङ भएको जनाएको छ ।

३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको शेरिफको कार्यालयले जनाएको छ । चालक विजय तामाङले अत्यधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको र चालक तामाङ प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।  मृतक केसीको शव अस्पतालमा रहेको र आवश्यक प्रक्रिया पुर्‍याएर निकाल्ने तयारी भइरहेको पनि गौतमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्