Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

काठमाडौँका यी स्थानमा आज ७ घण्टा विद्युत् अवरुद्ध हुने

८ मंसिर २०८१, शनिबार ०२:५७

८ मंसिर,काठमाडौँ। काठमाडौँका विभिन्न स्थानहरूमा शनिबार ६ देखि ७ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।

न्युरोड फिडरअन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखापत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डबली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

प्रभावित क्षेत्रहरू र समय
१. न्युरोड फिडर
बिहान ८:३० देखि दिउँसो ३:०० बजेसम्म
संकटा
न्युरोड गेट
पिपल बोट
गोरखापत्र संस्थान
भूगोल पार्क
दमकल गेट
वसन्तपुर डवली
झोसे
ओमबहाल
हनुमानढोका

२. महाबौद्ध फिडर
बिहान ८:३० देखि दिउँसो ३:०० बजेसम्म
महाबौद्ध सवस्टेशन
न्युरोड गेट
रञ्जना हल
विशालबजार सवस्टेशन
विशाल बजार अगाडि
गणेशस्थान
ट्रमा अस्पताल पछाडिको क्षेत्र

३. कालीमाटी फिडर
बिहान ८:०० देखि दिउँसो २:०० बजेसम्म
टेकु (नेशनल ट्रेडिङ हुँदै)
हनुमन्त भीमसेन स्थान
परोपकार
रामघाट
शान्ति निकेतन स्कूल
मरुहिटी
ढोकाटोल
नरदेवी अस्पताल अगाडि
टंगाल
भुरुङ्गखेल

ती क्षेत्रहरूमा बांगो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ। तोकिएको काम निर्धारित समयअघि सम्पन्न भए अगाडि नै विद्युत सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्