Trending
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |    
समाचार

प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद

८ मंसिर २०८१, शनिबार ०३:०३

८ मंसिर,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ।

प्रधानमन्त्री ओलीले शुक्रवार साँझ सामाजिक सञ्जाल एक्सका मालिक खर्बपति मस्कसँग कुराकानी गरिरहेको तस्वीरसमेत सार्वजनिक गरेका छन्। क्याप्सनमा प्रधानमन्त्री ओलीले एलन मस्कसँग कुरा गरेको खुलाएका छन्।

भर्चुअल माध्यामबाट भएको कुराकानी के विषयमा थियो भनेर खुलाइएको छैन। स्पेश एक्स कम्पनीका मालिकसमेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाएका छन्। उक्त विषयमा विगतदेखिनै नेपालमा अधिकारीहरूसँग छलफलसमेत भइरहेको छ।

आजको कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए । ओलीले सामाजिक सन्जाल एक्समार्फत् मस्कसँग कुरा गरेको र नेपाल भ्रमणमा आउन निम्तो दिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको निम्तोमा मस्कले के प्रतिक्रिया दिए भन्ने विषय भने सार्वजनिक भइसकेको छैन । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् । उनले ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएको विवरण समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्