Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

एनपीएलका लागि तयार हुँदै छ कीर्तिपुर मैदान

८ मंसिर २०८१, शनिबार १०:५७

८ मंसिर, काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएलको चर्चा अहिले चुलिएको छ । अन्य खेलकुद सङ्घहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुने गरी चर्चा बटुलिरहेको हो ।

१५ म‌ंसिरदेखि सुरु हुने प्रतियोगिताका लागि अहिले काठमाडाैंको कीर्तिपुरस्थित त्र‍िवि क्रिकेट मैदान तयार पार्ने काम भइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगितामा आठ टोलीको सहभागिता हुनेछ ।

प्रतियोगितामा १६ देशका ३७ विदेशी खेलाडीले पनि सहभागिता जनाउने छन् । कीर्तिपुर मैदानमा अहिले मैदान सुधारका साथै अन्य सं‌रचना निर्माणको काम धमाधम भइरहेको छ ।

यी दृश्यहरुले पनि स्वरूप फेरिएको टियु मैदानको आभाष हुन्छ । विशेषगरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाई छ । यो पटक साधारण प्याराफिटतर्फ पहिलो पटक जोन छुट्टाइएको छ । टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ । र चार जोनको लागि अलग अलग गेट बनाइएको छ । अर्को ठूलो परिवर्तन भनेको टियु मैदानना पहिलो पटक भीआईपी टिकटको व्यवस्था गरिनेछ ।

जसका लागि बस्ने मेच राखिएको छ । टियुमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो । दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भीआईपीतर्फको रहेको छ । तर १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ । साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्