Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
खेलकुद

एनपीएलका लागि तयार हुँदै छ कीर्तिपुर मैदान

८ मंसिर २०८१, शनिबार १०:५७

८ मंसिर, काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएलको चर्चा अहिले चुलिएको छ । अन्य खेलकुद सङ्घहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुने गरी चर्चा बटुलिरहेको हो ।

१५ म‌ंसिरदेखि सुरु हुने प्रतियोगिताका लागि अहिले काठमाडाैंको कीर्तिपुरस्थित त्र‍िवि क्रिकेट मैदान तयार पार्ने काम भइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगितामा आठ टोलीको सहभागिता हुनेछ ।

प्रतियोगितामा १६ देशका ३७ विदेशी खेलाडीले पनि सहभागिता जनाउने छन् । कीर्तिपुर मैदानमा अहिले मैदान सुधारका साथै अन्य सं‌रचना निर्माणको काम धमाधम भइरहेको छ ।

यी दृश्यहरुले पनि स्वरूप फेरिएको टियु मैदानको आभाष हुन्छ । विशेषगरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाई छ । यो पटक साधारण प्याराफिटतर्फ पहिलो पटक जोन छुट्टाइएको छ । टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ । र चार जोनको लागि अलग अलग गेट बनाइएको छ । अर्को ठूलो परिवर्तन भनेको टियु मैदानना पहिलो पटक भीआईपी टिकटको व्यवस्था गरिनेछ ।

जसका लागि बस्ने मेच राखिएको छ । टियुमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो । दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भीआईपीतर्फको रहेको छ । तर १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ । साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्