Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

पशुअधिकारका लागि ‘भिगन ग्यालरी’

८ मंसिर २०८१, शनिबार १५:३६

८ मंसिर, काठमाडौँ। पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज यहाँ ‘नेपाल भिगन ग्यालरी’ कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौँ एनिमल सेभको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा पशु हिंसा रोक्न आह्वान गरिएका चित्र तथा भिगन फुडस्टल र साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको एनिमल सेभकी शोभा भुजेलले जानकारी दिइन् । उनका अनुसार पशुजन्य भोजन र उत्पादन प्रयोग नगर्ने व्यक्ति र जीवनशैलीलाई भिगन भनिन्छ । भिगनहरू मासुमात्र होइन दूध, दही, घीउ र पनिर पनि खाँदैनन् ।

भिगन फुडस्टलमा गहुँ र वनस्पतिबाट बनाइएका विभिन्न परिकार राखिएका थिए । तीमध्ये गहुँ र अन्य वनस्पति स्रोतहरू प्रयोग गरेर बनाइएको सेइटान र भटमासको दूधबाट बनेको चिया धेरै रुचाएको थियो । मासुजस्तै देखिने र खाँदा पनि उस्तै महसुस हुने सेइटान मासु छाड्न चाहनेहरूका लागि राम्रो विकल्पका रूपमा रहेको भुजेलले बताइन् ।

कार्यक्रममा भिगन व्यवसाय र जनावर अधिकारबारे समूहगत छलफल गरिएको थियो । जसमा भिगन कल्याण सिलवाल र सामु योञ्जनले आफ्ना धारणा राख्दै सहभागीका जिज्ञासाबारे सम्बोधन गरे । योञ्जनले आफूहरूले पैसा कमाउनेभन्दा पनि पुण्य कमाउने ध्येयले भिगन खानाको व्यवसाय गरेको बताए । सिलवालले खाना र स्वादमा अझै निखार ल्याउन सके भिगन खानाप्रति मान्छेको थप रुचि बढ्ने धारणा राखे ।

कार्यक्रममा पूर्वतुम्बाको ‘लब्रेकुटीमा शाकाहारी कुकुर’ कविता सङ्ग्रह र घनश्याम खड्काको ‘आनन्द संहिता’ वाचन गरिएको थियो ।पछिल्लो समय भिगन जीवनशैली अपनाउनेको सङ्ख्या बढ्न थालेको जनाइएको छ । विशुद्ध शाकाहारी भोजन र अहिंसाको प्रवद्र्धनका लागि कार्यक्रममा ‘ओम्निभोर’ जीवन अपनाउनेहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्