Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन

८ मंसिर २०८१, शनिबार १५:४१

८ मंसिर, जनकपुर। मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सो आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए । सात वर्ष आगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहिद परिवारका एक÷एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहिद परिवारका सदस्य आन्दोलित भएका हुन् ।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्य सहभागी भएका छन् । उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन् । शहिद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटकपटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गरे ।

उनका अनुसार बाउन्न शहिद परिवारका एक/एक सदस्यलाई रोजगार दिने सरकारले निर्णय गरे पनि सात वर्ष बितिसक्यो तर कायान्वयन भएको छैन । केही शहिद परिवारलाई मात्र करारको जागिर दिएको छ । तर उनीहरूलाई पनि हटाउन खोजिएको उनले बताए ।

यादवले भने, “सरकारले गरेको निर्णयअनुसार सबै शहिद परिवारका एक/एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने आफूहरूको माग रहेको छ ।” माग पूरा नगरे आफूहरूले पनि सहादत दिने यादवले चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्