Trending
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |    
समाचार

रविलाई अझै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

९ मंसिर २०८१, आईतवार १०:०४

९ मंसिर,पोखरा। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

म्याद थपका लागि आज उपस्थित गराइएका रविलाई भीमलाल बेलबासेको इजलासले १५ दिनको म्याद थपको अनुमति दिएको हो। पक्ष र विपक्षको बहसपछि आइतबार न्यायाधीश भीमलाल बेल्बासेको इजलासलले रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनीमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरीले पाँचौँपल्ट अदालतबाट म्याद लिएको हो । यसअघि २५ कात्तिकमा पाएको १३ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले पूर्वगृहमन्त्री लामिछानेलाई पुनः अदालत पेस गरेको हो । २ कात्तिकमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि पोखरा, बुटवल, चितवन र काठमाडौंका चार सहकारीको बचत ठगी आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्