Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित

१० मंसिर २०८१, सोमबार ०२:४२

काठमाडौँ। गएकाे बुधबारदेखि नै प्राविधिक गडबढिका कारण राेकिएकाे राहदानी वितरणको काम आइतबार पनि ठप्प भएको छ।

राहदानी विभागले आइतबार सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो । विभागका अनुसार भाइरसको कारण आवेदन प्रणालीमा अवरुद्ध भएपछि दैनिक करिब तीन हजारभन्दा बढी सेवाग्राही नेपाल भित्र र बाहिर गरि प्रभावित भएका छन् । विभागमा करिब १५ सय तथा जिल्लाहरुमा र बाहिर गरि १५ सयभन्दा बढी नेपालीहरुले राहदानीको आवेदन दिन्छन् ।

हिजोदेखि आंशिक रुपमा काम शुरू भएको र पूर्ण रूपमा काम शुरू हुन एक, दुई हप्तासम्म लाग्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार यसअघि नै फारम भरेका सेवाग्राहीलाई राहदानी वितरणको काम शुरू भइसकेको छ ।

एक, दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागले जनाएको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि क्रमशः सेवा उपलब्ध गराउन शुरू भइसकेको पनि विभागको भनाइ छ ।

राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दैस्वदेश र विदेशका उच्चस्तरीय प्राविधिकसहितको टोलीले समस्या समाधानका लागि काम गरिरहेको विभागले जनाएको छ ।

विभागले आवेदकको सबै तथ्याङ्क पूर्ण रुपमा सुरक्षित रहेको प्रष्ट पारेको छ । राहदानी वितरणको काम ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्