Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित

१० मंसिर २०८१, सोमबार ०२:४२

काठमाडौँ। गएकाे बुधबारदेखि नै प्राविधिक गडबढिका कारण राेकिएकाे राहदानी वितरणको काम आइतबार पनि ठप्प भएको छ।

राहदानी विभागले आइतबार सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो । विभागका अनुसार भाइरसको कारण आवेदन प्रणालीमा अवरुद्ध भएपछि दैनिक करिब तीन हजारभन्दा बढी सेवाग्राही नेपाल भित्र र बाहिर गरि प्रभावित भएका छन् । विभागमा करिब १५ सय तथा जिल्लाहरुमा र बाहिर गरि १५ सयभन्दा बढी नेपालीहरुले राहदानीको आवेदन दिन्छन् ।

हिजोदेखि आंशिक रुपमा काम शुरू भएको र पूर्ण रूपमा काम शुरू हुन एक, दुई हप्तासम्म लाग्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार यसअघि नै फारम भरेका सेवाग्राहीलाई राहदानी वितरणको काम शुरू भइसकेको छ ।

एक, दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागले जनाएको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि क्रमशः सेवा उपलब्ध गराउन शुरू भइसकेको पनि विभागको भनाइ छ ।

राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दैस्वदेश र विदेशका उच्चस्तरीय प्राविधिकसहितको टोलीले समस्या समाधानका लागि काम गरिरहेको विभागले जनाएको छ ।

विभागले आवेदकको सबै तथ्याङ्क पूर्ण रुपमा सुरक्षित रहेको प्रष्ट पारेको छ । राहदानी वितरणको काम ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्