Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

१० मंसिर २०८१, सोमबार ०२:४४

काठमाडौँ। टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ। टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले मिट सम्पन्न गरेको हो।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमको उ‌द्घाटन गरेका थिए ।

सोही अवसरमा कम्पनीले टाटा ग्रिन होम यूपीएस र इन्डस्ट्रियल ब्याट्री लन्च गर्‍यो । अब नेपाली बजारमा ८५० भीए, १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिड हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्