Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

१० मंसिर २०८१, सोमबार ०२:४४

काठमाडौँ। टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ। टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले मिट सम्पन्न गरेको हो।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमको उ‌द्घाटन गरेका थिए ।

सोही अवसरमा कम्पनीले टाटा ग्रिन होम यूपीएस र इन्डस्ट्रियल ब्याट्री लन्च गर्‍यो । अब नेपाली बजारमा ८५० भीए, १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिड हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्