Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

१९ वर्षीय छोराले चक्कु प्रहार गरी बुवाको गरे हत्या

१० मंसिर २०८१, सोमबार ०३:४६

१० मंसिर, रुकुमपश्चिम। रुकुमपश्चिममा चक्कु प्रहार गरेर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् । गए राति बुवालाई चक्कु हानेपछि छोरा फरार भएका प्रहरीले जनाएको छ ।

आइतबार बेलुका करिब ९ बजेको समयमा आठबिसकोट नगरपालिका–१० मा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका डीएसपी नवराज पोखरेलले जानकारी दिए । ‘छोराले आफ्नै बुवालाई हत्या गरेर फरार भएको भन्ने खबर आएको छ ।

प्रहरी घटनास्थल पुग्दैछ । मैले जिल्लाको सबै नाकाहरूमा खबर गरिसकेको छु । हत्याराको खोजतलासी भइरहेको छ,’ उनले भने । स्थानीयका अनुसार अन्दाजी ५० वर्षका दर्बे केसीलाई उनका छोरा अन्दाजी १८–२० वर्षका छोरा वीरबहादुर खत्रीले पेटमा चक्कु हानेर हत्या गरेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्