Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

१९ वर्षीय छोराले चक्कु प्रहार गरी बुवाको गरे हत्या

१० मंसिर २०८१, सोमबार ०३:४६

१० मंसिर, रुकुमपश्चिम। रुकुमपश्चिममा चक्कु प्रहार गरेर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् । गए राति बुवालाई चक्कु हानेपछि छोरा फरार भएका प्रहरीले जनाएको छ ।

आइतबार बेलुका करिब ९ बजेको समयमा आठबिसकोट नगरपालिका–१० मा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका डीएसपी नवराज पोखरेलले जानकारी दिए । ‘छोराले आफ्नै बुवालाई हत्या गरेर फरार भएको भन्ने खबर आएको छ ।

प्रहरी घटनास्थल पुग्दैछ । मैले जिल्लाको सबै नाकाहरूमा खबर गरिसकेको छु । हत्याराको खोजतलासी भइरहेको छ,’ उनले भने । स्थानीयका अनुसार अन्दाजी ५० वर्षका दर्बे केसीलाई उनका छोरा अन्दाजी १८–२० वर्षका छोरा वीरबहादुर खत्रीले पेटमा चक्कु हानेर हत्या गरेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्