Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

१० मंसिर २०८१, सोमबार ०९:४२

१० मंसिर, काठमाडौँ। आसन्न उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले आजदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।

आयोगका सचिव रविलाल पन्थको संयोजत्वमा सञ्चालित केन्द्रबाट आयोगका निर्णयको कार्यान्वयन अवस्था, आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षबारे नियमित रूपमा जानकारी लिई तत्कालै समस्या समाधान गरिने जनाइएको छ । निर्वाचन परिणाम घोषणा नभएसम्म केन्द्र सञ्चालनमा आउने आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।

आयोगका सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी तथा आयोगका उपसचिवद्वय दुर्गाप्रसाद चालिसे र डा थानेश्वर भुसाल केन्द्रको सदस्य रहेका छन् ।

यही मङ्सिर १६ गते आइबार स्थानीय तहका रिक्त ४४ पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्