Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल

१० मंसिर २०८१, सोमबार ०९:५४

१० मंसिर, काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणको विषयमा सोमबार गरेको छलफलमा पूर्वप्रधानमन्त्री नेपालले त्यो परियोजनालाई अघि बढाउनुपर्ने बताए ।

‘बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपालजस्तो देशले यसबाट लाभ लिनुपर्दछ । बीआरआईमा त हामी पहिले नै आबद्ध छौं । त्यसैले त्यसलाई पनि अघि बढाउनुपर्छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने । उनले छिमेकीहरूका कुनै आशंका छन् भने त्यस्ता कुरालाई ध्यानमा राखे नेपालको असंलग्न परराष्ट्र नीतिबारे उनीहरूलाई बुझाउनुपर्ने बताए ।

उक्त परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाइ थियो। नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वभाविक रुपमा अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्