Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल

१० मंसिर २०८१, सोमबार ०९:५४

१० मंसिर, काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणको विषयमा सोमबार गरेको छलफलमा पूर्वप्रधानमन्त्री नेपालले त्यो परियोजनालाई अघि बढाउनुपर्ने बताए ।

‘बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपालजस्तो देशले यसबाट लाभ लिनुपर्दछ । बीआरआईमा त हामी पहिले नै आबद्ध छौं । त्यसैले त्यसलाई पनि अघि बढाउनुपर्छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने । उनले छिमेकीहरूका कुनै आशंका छन् भने त्यस्ता कुरालाई ध्यानमा राखे नेपालको असंलग्न परराष्ट्र नीतिबारे उनीहरूलाई बुझाउनुपर्ने बताए ।

उक्त परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाइ थियो। नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वभाविक रुपमा अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्