Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री राणा चीन जाने

१० मंसिर २०८१, सोमबार ०९:५९

१० मंसिर, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा चीन जाने भएकी छन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने प्रस्तावित तालिका छ ।

आफू बुधबार पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलका क्रममा जानकारी गराएकी छिन्।  ‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु,’ उनले भनिन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा छिन्। उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्