Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

युक्रेनले गर्‍यो रूसी तेल तथा ऊर्जा केन्द्रमा हमला

११ मंसिर २०८१, मंगलवार ०२:४६

११ मंसिर, काठमाडौँ। युक्रेनको राजधानी किभमा रुसी मिसाइल (क्षेप्यास्त्र) आक्रमणको डरले शुक्रबारको संसद बैठक स्थगित गरिएको छ।

युक्रेनी सहर खार्किभका अधिकारीहरूले रूसको सीमा नजिकैको सहरको केन्द्रमा रूसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते भएको बताएका छन् । पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् ।

रूसले गत हप्ता युक्रेनमा नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।“युक्रेनको डिफेन्स इन्टेलिजेन्स” को अपरेसन परिणाम स्वरूप, रूसको कालुगा क्षेत्र स्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ ।कालुगाका रूसी गभर्नरले यस क्षेत्रमा भएको ड्रोन हमलाबाट एउटा “औद्योगिक उद्यम“ मासमेत आगलागी भएको पुष्टि गरेका छन् ।

उनले भनेका छन्, ‘रुसी ब्यालेस्टिक मिसाइलद्वारा निप्रोमा गरिएको आक्रमणले रुस युद्धलाई अझ गम्भीर बनाउन चाहन्छ भन्ने स्पष्ट संकेत गर्दछ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निप्रोमा भएको आक्रमणलाई युक्रेनी आक्रमणको जवाफ भनेका छन्।

पुटिनका अनुसार, आक्रमण मध्यम दूरीको मिसाइलद्वारा गरिएको थियो, जसको कोड नाम ‘ओराश्निक’ थियो। उनले भने, ‘यो मिसाइल २.५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुगेको थियो।’

प्रतिक्रिया दिनुहोस्