Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

११ मंसिर २०८१, मंगलवार ०२:५१

११ मंसिर, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविलाई आज पोखराबाट काठमाडौं ल्याउन लागिएको हो । जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि पोखराबाट ल्याउन लागिएको हो ।

उनलाई आज बिहान ८:४० बजेको बुध्द एयरको उडानबाट काठमाडौं ल्याउने तयारी गरिएको प्रहरी स्रोतको भनाइ छ । काठमाडौंको माइतीघरस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेलाई ल्याएर बयान लिइनेछ ।

गत आइतबार लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धानका लागि बाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्