Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

११ मंसिर २०८१, मंगलवार ०२:५१

११ मंसिर, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविलाई आज पोखराबाट काठमाडौं ल्याउन लागिएको हो । जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि पोखराबाट ल्याउन लागिएको हो ।

उनलाई आज बिहान ८:४० बजेको बुध्द एयरको उडानबाट काठमाडौं ल्याउने तयारी गरिएको प्रहरी स्रोतको भनाइ छ । काठमाडौंको माइतीघरस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेलाई ल्याएर बयान लिइनेछ ।

गत आइतबार लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धानका लागि बाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्