Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

१८२ खेलाडीमा ६३९ करोड खर्च : वार्नर-शार्दुल ‘अनसोल्ड’, १३ वर्षीय अनक्याप्ड खेलाडी बने करोडपति

११ मंसिर २०८१, मंगलवार ०३:००

११ मंसिर, काठमाडौँ। साउदी अरेबियाको जेद्दाहमा दुई दिन चलेको इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन सम्पन्न भएको छ । लिलामीमा १८२ खेलाडी बेचिएका छन्, जसमध्ये ६२ भारत बाहिरका खेलाडी छन् ।

साउदी अरेबियाको जेद्दाहमा दुई दिन चलेको इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन सम्पन्न भएको छ । लिलामीमा १८२ खेलाडी बेचिएका छन्, जसमध्ये ६२ भारत बाहिरका खेलाडी छन् । १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् ।अक्सनमा राइट टु म्याच ८ पटक प्रयोग भएको थियो ।

शीर्ष पाँच सबैभन्दा महँगो खेलाडीहरू भारतका छन् । पहिलो पटक दुई खेलाडीको बोली २५ करोड नाघेको छ ।आईपीएल च्याम्पियन कप्तान डेभिड वार्नर र भारतीय अलराउन्डर शार्दुल ठाकुरले खरिदकर्ता पाउन सकेनन् । इङ्ल्यान्डका अलराउन्डर साम करनको मूल्य १६.१० करोडले घटेको छ ।

भारतका वेंकटेश अय्यर र अफगानिस्तानका नूर अहमदको मूल्य बढेको छ । कलकाताले वेंकटेशलाई २३.७५ करोडमा किनेको छ, उनी गत सिजन केकेआरबाट खेलेका थिए। तर, त्यतिबेला उनको पारिश्रमिक ८ करोड मात्र थियो, यसपटक भने उनले ३ गुणा बढी रकम पाएका छन् ।

इंग्ल्याण्डका विल ज्याकलाई मुम्बईले ५.२५ करोडमा र अफगानिस्तानका नूर अहमदलाई चेन्नईले १० करोडमा किनेको छ । ज्याकले गत सिजन आरसीबीका लागि ८ खेलमा १७५.५७ को स्ट्राइक रेटमा २३० रन बनाएका थिए।

अफगानिस्तानका नूरलाई चेन्नईले लिलामीमा ५ करोड भारुमा बोलाएको थियो । यहाँ गुजरातले आरटीएम प्रयोग गर्यो। चेन्नईलाई फाइनल बिड गर्न भनिएको थियो, टोलीले सीधै १० करोड भारु बोली लगायो। नूर गत सिजन ३० लाखमा बिक्री भएका थिए । यस पटक उनको तलब झण्डै ३३ गुणाले बढेको छ ।

साम करनको मूल्य ७.७ गुणाले घटेको छ । स्टार्क पनि आधा मूल्यमा आए, जसले २०२३ को मिनी लिलामीमा सबैभन्दा बढी मूल्य पाएका थिए । १८.५० करोड भारुमा बिक्री भएको सामको मूल्य यसपटक ७.७ गुणाले घटेको छ । करणलाई सीएसकेले मात्र २.४० करोडमा किनेको छ ।

प्रतिक्रिया दिनुहोस्