Trending
बीएनए बास्केटबल मंगलबारदेखि     |     मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री     |     पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री     |     पौडेल वंश महासंघ काठमाडौंद्वारा भव्य समारोह सम्पन्न     |     विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ     |     सालघारी फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ: प्रधानमन्त्री ओली     |     गायक मोहन नेपालीको “पार्यो हल्लीचल्ली” सार्वजनिक     |     डिजिटल प्रतिभाका लागि हुवावेको ‘सिड्स फर द फ्युचर २०२५’मा आवेदन खुला     |     राहुघाट क्षेत्रमा मापदण्डविपरीत प्रसारण लाइन, विद्युत् प्रवाहमा अवरोध     |     दुबईमा बनेका नोबेल होम एप्लायन्सेसको नेपालमा बिक्री सुरु     |    
समाचार

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै ?

११ मंसिर २०८१, मंगलवार ०३:१८

११ मंसिर, काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको देशको लागि हो कि तीर्थयात्रा मात्रै हो ? भन्दै प्रश्न गरेका छन् ।

सोमबारबाट शुरू भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सिंगो देश र जनतालाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रश्न उठाए ।

साहले अहिले विश्वसामु नै नेपालको इमेज खस्किँदै गएको टिप्पणी गरे । उनले भने- ‘आज विश्वसामु नेपालको इमेज खस्किँदै गइरहेको छ । यो सरकारको व्यक्तिवादी र निहित स्वार्थ अनि सोचको कारण यस्तो अवस्था भएको हो । छिमेकीहरूसँगको हाम्रो सम्बन्ध पनि धराशायी हुँदै छ । हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्योलमा छौँ । प्रधानमन्त्रीको भ्रमण एउटा व्यक्तिगत भ्रमण हुने, निहित स्वार्थमा हुने कि देश र जनताको लागि भ्रमण हुने ? यो गम्भीर प्रश्न खडा छ । अहिले नेपालको विभिन्न देशसँगको कूटनीतिक सम्बन्ध कमजोर हुँदैछ । ध्वस्त हुँदैछ ।’

पूर्वमन्त्री साहले मुलुकमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे । देशको बागडोर सम्हालेको सरकार प्रमुखको गतिविधिकै कारण यस्तो अन्यौलपूर्ण अवस्था सिर्जना भएको साहको टिप्पणी छ । उनले भने,‘देशमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि दिनानुदिन बढ्दो छ । सुरक्षाको जिम्मा पाएको सरकारबाट नै जनता असुरक्षित छन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकार यतिवेला मजाक बनेको छ । अहिले त सरकारले जे पनि गर्ने तर जनताले विरोध पनि गर्न नपाउने अवस्था बनाईएको छ । सडकमा नागरिकले शान्तिपूर्ण आन्दोलन गर्दा अपराधी हुने, तर प्रधानमन्त्रीले सडकमै मञ्च बनाएर सभा गर्दा महान हुने ?’

साहले सरकारको नेतृत्वमा बसेका दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) कानूनभन्दा माथि बन्न खोजेको आरोप लगाए । उनले भने,‘अहिले कानूनले एमाले र कांग्रेसलाई छुँदैन् । अस्ति एमालेले त्यत्रो सडकमा फोहोर गर्यो, उसले त्यो सफा गर्ने दायित्वपनि ठानेन । काठमाडौं महानगरपालिकाले कानूनअनुसार जरिवाना तोक्दापनि स्विकार्य भएन ।

किनकी एमाले र कांग्रेस अहिले कानूनभन्दा माथि छन् भन्ने सन्देश प्रवाह भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको, कांग्रेस र एमालेको त आलोचना नै गर्नुहुँदैन्, यदि आलोचना गर्यो भने मुद्दा लागिहाल्छ । साईबर क्राइम थेग्नुपर्छ । प्रधानमन्त्री ओलीको आलोचना गर्दा र प्रश्न उठाउँदा त्यसको छानबिन हुनुपर्ने हो, तर आज कानूनी शासनको उपहास हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्