Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

रवि लामिछानेलाई आज काठमाडौं नल्याइने

११ मंसिर २०८१, मंगलवार ११:२७

११ मंसिर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि आज काठमाडौँ नल्याइने भएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि आज काठमाडौँ ल्याइने बताइएको थियो ।

सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन लामिछानेलाई आज बेलुकी ५ बजे जहाजबाट काठमाडौँ ल्याउने तयारी थियो । तर, कारणबस टिकटलाई बुधबार साँझलाई सारिएको स्रोतले बतायो ।

पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

बयान सकिएपछि उनलाई पुनस् कास्की नै लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्