Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रवि लामिछानेलाई आज काठमाडौं नल्याइने

११ मंसिर २०८१, मंगलवार ११:२७

११ मंसिर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि आज काठमाडौँ नल्याइने भएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि आज काठमाडौँ ल्याइने बताइएको थियो ।

सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन लामिछानेलाई आज बेलुकी ५ बजे जहाजबाट काठमाडौँ ल्याउने तयारी थियो । तर, कारणबस टिकटलाई बुधबार साँझलाई सारिएको स्रोतले बतायो ।

पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

बयान सकिएपछि उनलाई पुनस् कास्की नै लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्