Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
समाचार

प्रधानमन्त्रीसँग ‘विप्लव’को भेट, चीनसँग खुट्टा नकमाउन सुझाव

११ मंसिर २०८१, मंगलवार ११:४१

११ मंसिर, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) र प्रवक्ता खड्गबहादुर विश्वकर्माले चीन भ्रमणमा जाँदा राष्ट्रहितका पक्षमा खुट्टा नकमाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पुगेका नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधका कारण बीआरआई लगायत सम्झौताको कार्यान्वयन प्रक्रियामा नरोकिन आग्रह पनि गरेका हुन् ।

अहिले उठिरहेका विरोध कुन उद्देश्यका कारण भइरहेका छन् भन्ने स्पष्ट नै छ,’ नेकपा प्रवक्ता विश्वकर्माले भने, ‘त्यसैले प्रधानमन्त्रीज्युले त्यसलाई ध्यान दिने होइन, राष्ट्रहितमा जे गर्नु उपयुक्त हुन्छ, त्यो गर्ने हो भन्ने हाम्रो सुझाव रह्यो । विरोधलाई देखाएर चीनसँग खुट्टा कमाउनुपर्दैन ।’

प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको नेकपा नेताहरूको भनाइ छ । चन्द र विश्वकर्माले विगतमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै ओलीको ध्यानाकर्षण गराएका छन् ।

काभ्रे, मुगुमा पछिल्लो समय कार्यकर्ता समातिएको अनि विगतदेखिकै १२ जना कार्यकर्ता रिहाइ नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्