Trending
बीएनए बास्केटबल मंगलबारदेखि     |     मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री     |     पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री     |     पौडेल वंश महासंघ काठमाडौंद्वारा भव्य समारोह सम्पन्न     |     विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ     |     सालघारी फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ: प्रधानमन्त्री ओली     |     गायक मोहन नेपालीको “पार्यो हल्लीचल्ली” सार्वजनिक     |     डिजिटल प्रतिभाका लागि हुवावेको ‘सिड्स फर द फ्युचर २०२५’मा आवेदन खुला     |     राहुघाट क्षेत्रमा मापदण्डविपरीत प्रसारण लाइन, विद्युत् प्रवाहमा अवरोध     |     दुबईमा बनेका नोबेल होम एप्लायन्सेसको नेपालमा बिक्री सुरु     |    
समाचार

प्रधानमन्त्रीसँग ‘विप्लव’को भेट, चीनसँग खुट्टा नकमाउन सुझाव

११ मंसिर २०८१, मंगलवार ११:४१

११ मंसिर, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) र प्रवक्ता खड्गबहादुर विश्वकर्माले चीन भ्रमणमा जाँदा राष्ट्रहितका पक्षमा खुट्टा नकमाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पुगेका नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधका कारण बीआरआई लगायत सम्झौताको कार्यान्वयन प्रक्रियामा नरोकिन आग्रह पनि गरेका हुन् ।

अहिले उठिरहेका विरोध कुन उद्देश्यका कारण भइरहेका छन् भन्ने स्पष्ट नै छ,’ नेकपा प्रवक्ता विश्वकर्माले भने, ‘त्यसैले प्रधानमन्त्रीज्युले त्यसलाई ध्यान दिने होइन, राष्ट्रहितमा जे गर्नु उपयुक्त हुन्छ, त्यो गर्ने हो भन्ने हाम्रो सुझाव रह्यो । विरोधलाई देखाएर चीनसँग खुट्टा कमाउनुपर्दैन ।’

प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको नेकपा नेताहरूको भनाइ छ । चन्द र विश्वकर्माले विगतमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै ओलीको ध्यानाकर्षण गराएका छन् ।

काभ्रे, मुगुमा पछिल्लो समय कार्यकर्ता समातिएको अनि विगतदेखिकै १२ जना कार्यकर्ता रिहाइ नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्