Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
समाचार

प्रधानसेनापति भारत जाँदै

१२ मंसिर २०८१, बुधबार ०२:११

१२ असोज,काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल यही मंसिरको अन्तिम साता भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भारत भ्रमण जान लाग्नुभएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

‘भारतीय समकक्षीले प्रधानसेनापति सिग्देललाई निमन्त्रणा दिनुभएको छ मन्त्रालयले अब मन्त्रिपरिषद्मा उक्त निर्णय लैजाने र मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरेपछि उहाँ मंसिरको अन्त्यतिर भारत जानुहुने भएको छ’ –मन्त्रालय स्रोतले जानकारी दियो।

प्रधानसेनापतिमा नियुक्त भएपछि सिग्देलको भारत भ्रमण पहिलो हुने भएको छ। दुई देशका सेना प्रमुखमा नियुक्त भएपछि एकअर्का देशको सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लिने परम्परा रहेको छ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका व्यक्तिसँग भेटघाट गर्नुका साथै भारतीय सेनाको विभिन्न युनिटको समेत भ्रमण गर्नुहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्