Trending
साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |     म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित     |     वेस्ट इन्डिजद्वारा स्कटल्यान्ड पराजित     |     विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ     |     ‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन     |     लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ     |     चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ अब ‘डिशहोम गो’मा     |     आरसिबीलाई डब्ल्युपिएलको उपाधि     |     यू-१९ विश्वकप फाइनलमा वैभवको विष्फोटक रुप– ८० बलमा हाने १७५ रन     |    
समाचार

इमरान खानको रिहाईको माग गर्दै भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु

१२ मंसिर २०८१, बुधबार ०२:४०

१२ असोज,इस्लामबाद। पाकिस्तानको इस्लामाबादमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र सुरक्षा बलबीच भएको हिंसात्मक झडपमा चार अर्धसैनिक बलसहित कम्तीमा छ जनाको मृत्यु भएको छ।

खानका समर्थकहरूले पूर्वप्रधानमन्त्रीलाई जेलबाट रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेको बेला यस्तो दुर्घटना भएको हो । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सैनिकको मृत्युको लागि प्रदर्शनकारीहरूलाई दोष दिएका छन र उनीहरूले सुरक्षा बलहरूमा गाडीहरू हानेको आरोप लगाएका छन् ।

‘यो शान्तिपूर्ण विरोध होइन, यो अतिवाद हो,’ शरीफले एक विज्ञप्तिमा भने, ‘दुष्ट राजनीतिक योजना हासिल गर्ने उद्देश्यले विरोध प्रदर्शन गरिएको छ।’

‘विरोध प्रदर्शनमा यस्तो हिंसाले सुरक्षाकर्मी तथा प्रहरीअधिकारीको संयमको सीमा नाघिरहेको छ,’ उनले भने। इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का प्रवक्ता जुल्फिकार बुखारीले झडपमा दुई प्रदर्शनकारीको पनि मृत्यु भएको र ३० जना घाइते भएको बताएका छन्।

बुखारीले कथित रूपमा प्रदर्शनकारीहरू मध्ये एकलाई गोली हानेर मारिएको र अर्कोलाई गाडीले किचेर हत्या गरेको आरोप लगाएका छन्। तर, अहिलेसम्म यसको स्वतन्त्र पुष्टी भने भईसकेको छैन।

प्रतिक्रिया दिनुहोस्