Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

१२ मंसिर २०८१, बुधबार ०२:५८

१२ असोज,काठमाडौँ। रोजगारीका लागिविभिन्न देशमा पठाइदिने भन्दै साढे १७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

मकनवानपुर बकैया गाउँपालिका–५ घर भई नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई टोखा नगरपालिका- ८ बस्ने २८ वर्षीया मनिषा कुमारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार पक्राउ गरेको हो।

सुवर्णले एकजनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख तथा मनिषाले एकजनालाई दुबई पठाउने भन्दै दुई लाख ४५ हजार रकम लिएको खुलेको कार्यालयले जनाएको छ।

‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्’, कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने। दुवै जनालाई काठमाडौं छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्