Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
समाचार

अबको रणनीति निर्यात बढाउनु हो : मन्त्री भण्डारी

१२ मंसिर २०८१, बुधबार १४:२६

१२ मंसिर,काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाएको बताएका छन् ।

उद्योग सङ्गठन मोरङको प्रतिनिधिमण्डलसँग आज भएको अन्तक्रियामा उनले स्वदेशी उत्पादन बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताए। मन्त्री भण्डारीले भारतसँगको विषयलाई आगामी दिनमा हुने सचिवस्तरीय बैठकमार्फत सहजीकरण गरिने बताए।

उनले आफ्नो मन्त्रालयमातहतका निकायबाट काममा ढिलासुस्ती नहुने प्रतिबद्धता जनाए। सङ्गठनका पदाधिकारीहरूले मन्त्री भण्डारीसमक्ष आफ्ना समस्याहरू सुनाएका थिए। सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले स्वदेशमा उत्पादित सामग्री भारत निर्यात गर्दा भारतीय पक्षले रोक लगाएको हुँदा यस विषयमा सहजीकरण गरिदिन आग्रह गरे।

उनले भने, ‘अहिले नेपालबाट सिमेन्ट, रड, स्टिल, प्लाइउड, प्लास्टिक, सेनेटरी प्याड, जुत्ताचप्पलजस्ता सामग्री भारत निर्यात गर्दा भारतीय पक्षले रोक लगाउने गरेको व्यवसायीको गुनासो छ ।’

भट्टराईले जोगवनी–विराटनगर कार्गो रेल सञ्चालनका लागि पहल गरिदिन तथा उद्योग विभागमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि आग्रह गरे। डेढ वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेको कार्गो रेल नियमित सञ्चालन भएमा सामान ढुवानी भाडादर ३० प्रतिशत सस्तो हुने सङ्गठनका अध्यक्ष राकेश सुरानाले बताए।

प्रतिक्रिया दिनुहोस्