Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा पारस खड्का​

१२ मंसिर २०८१, बुधबार १४:३०

१२ मंसिर,काठमाडौं। जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन्।

कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारहरूलाई समेत ब्रान्ड एम्बेसडर नियुक्ति गरिसकेको छ । पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ उनी संग सहकार्यकालागि हात अगाडी बढाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यले खड्कासँग सहकार्य गरिएको हो ।

खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ-साथै कम्पनीका उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजार विस्तारका निमित्त थप टेवा पुग्ने विश्वास कम्पनीको छ। यस सहकार्यले कम्पनीका उत्पादनहरू स्वदेशी रूपमा मात्र परिचित नभई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित विश्वास लिइएको कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्