Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा पारस खड्का​

१२ मंसिर २०८१, बुधबार १४:३०

१२ मंसिर,काठमाडौं। जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन्।

कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारहरूलाई समेत ब्रान्ड एम्बेसडर नियुक्ति गरिसकेको छ । पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ उनी संग सहकार्यकालागि हात अगाडी बढाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यले खड्कासँग सहकार्य गरिएको हो ।

खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ-साथै कम्पनीका उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजार विस्तारका निमित्त थप टेवा पुग्ने विश्वास कम्पनीको छ। यस सहकार्यले कम्पनीका उत्पादनहरू स्वदेशी रूपमा मात्र परिचित नभई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित विश्वास लिइएको कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्