Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक

१३ मंसिर २०८१, बिहीबार ०४:४३

काठमाडौं। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको छ ।

कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै क्लासिक ३५० सिग्नल्स एडिसन मोटरसाइकल सार्वजनिक गरेको हो । ३५० सीसी इन्जिन भएकोको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्त्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले उक्त मोटरसाइकलको मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ तोकेको छ । नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरू भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् ।

बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिविन्स पिस्टन फ्लोटिङ क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिंगल पिस्टन फ्लोटिङ क्यलिपरले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ । नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन रोयल इन्फिल्डको नेपालभरि २४ वटै शोरुममा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्