Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
समाचार

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

३० भाद्र २०८१, आईतवार १२:०१

३० भदौ,काठमाडौं। अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ ।

अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले एकीन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्