Trending
साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |     आजका लागि विदेशी मुद्राको विनिमय दर     |     कर्णाली सरकारको संरचना पुनर्संरचना प्रस्तावले प्रदेशसभामा भूचाल, सत्तापक्षमै विभाजन     |     कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी     |     बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो     |     गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित     |     फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई     |     यी भूभागमा भारी वर्षाको सम्भावना     |     सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |    
समाचार

बारामा क्याम्पस प्रमुख हत्याका मुख्य आरोपी पक्राउ

१३ मंसिर २०८१, बिहीबार ०५:०७

१३ मंसिर,बारा। बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कुशवाहाको हत्यापछि फरार रहँदै आएका बाराको आदर्शकोतवाल गाउँपालिका- २ बस्ने ४१ वर्षका सुरेन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । क्याम्पस प्रमुख हरिभुशनको गत जेठ ३२ गते पक्राउ परेका कुशवाहासहित १७ जनाले घेरा हाली गोली हानेर हत्या गरेको बारा प्रहरीको भनाइ छ ।

पक्राउ परेका मुख्य अभियुक्त कुशवाहा नेपाली सेनाका भगौडा तथा गाँउघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि भएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आदर्शकोतवाल गाउपालिका- २ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख हरिभुसनमाथि आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साँझ सवा पाँच बजेको समयमा गोली प्रहार भएको थियो ।

२०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो।

प्रहरीका अनुसार मृत्यु अघि पनि क्याम्पस प्रमुखले आफूमाथि गोली प्रहार भएको बताएका थिए। सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको त्यसबेला क्याम्पस प्रमुखले बताएको प्रहरीको भनाइ छ। उनको हत्यामा प्रयोग भएको हतियार पेस्तोल दुई थान पेस्तोल र सात थान गोली, चार वटा मोटरसाइकल र चार वटा मोबाइल, २ वटा ल्यापटप थान र ७ वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको थियो।

पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक अनुसन्धान भएको छ।

प्रतिक्रिया दिनुहोस्