Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
समाचार

बारामा क्याम्पस प्रमुख हत्याका मुख्य आरोपी पक्राउ

१३ मंसिर २०८१, बिहीबार ०५:०७

१३ मंसिर,बारा। बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कुशवाहाको हत्यापछि फरार रहँदै आएका बाराको आदर्शकोतवाल गाउँपालिका- २ बस्ने ४१ वर्षका सुरेन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । क्याम्पस प्रमुख हरिभुशनको गत जेठ ३२ गते पक्राउ परेका कुशवाहासहित १७ जनाले घेरा हाली गोली हानेर हत्या गरेको बारा प्रहरीको भनाइ छ ।

पक्राउ परेका मुख्य अभियुक्त कुशवाहा नेपाली सेनाका भगौडा तथा गाँउघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि भएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आदर्शकोतवाल गाउपालिका- २ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख हरिभुसनमाथि आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साँझ सवा पाँच बजेको समयमा गोली प्रहार भएको थियो ।

२०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो।

प्रहरीका अनुसार मृत्यु अघि पनि क्याम्पस प्रमुखले आफूमाथि गोली प्रहार भएको बताएका थिए। सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको त्यसबेला क्याम्पस प्रमुखले बताएको प्रहरीको भनाइ छ। उनको हत्यामा प्रयोग भएको हतियार पेस्तोल दुई थान पेस्तोल र सात थान गोली, चार वटा मोटरसाइकल र चार वटा मोबाइल, २ वटा ल्यापटप थान र ७ वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको थियो।

पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक अनुसन्धान भएको छ।

प्रतिक्रिया दिनुहोस्