Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रविलाई आज भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिने, बयान शुक्रबारदेखि

१३ मंसिर २०८१, बिहीबार १३:४०

१३ मंसिर,काठमाडौँ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिने भएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो। उनलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो। उनीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा भोलिदेखि बयान लिनेछ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि रविलाई काठमाडौँ ल्याएर बयान लिइँदै छ। उनलाई शुक्रबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि पेश गरिनेछ।

मंसिर ९ गते रविलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो। त्यसलगत्तै मंगलबार बिहान रविलाई काठमाडौँ ल्याउने तयारी गरे पनि काठमाडौँ प्रहरीले ‘होल्ड’ गरेपछि रोकिएको थियो।

यसअघि कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडियाका पूर्वसञ्चालकसमेत पूर्वडीआइजी छविलाल जोशी र पुर्पक्षका लागि कास्की कारागारमा रहेका गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक कुमार रम्तेललाई काठमाडौँ ल्याएर बयान लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्