Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

१३ मंसिर २०८१, बिहीबार १३:४४

१३ मंसिर,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गइसकेकी छन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।

ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने बताइएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका छन् ।

बैठकले प्रधानमन्त्रीको भ्रमणको एजेन्डाका विषयमा भने कुनै निर्णय नगरेको ती मन्त्रीले बताए। एजेन्डा तय गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन प्रस्थान गरेकी छन्। मंसिर १५ गतेसम्म उनी चीनमै रहेर नेपाल र चीनबीच सम्झौता हुने एजेन्डा तय गर्नेछिन्। परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्