Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

१३ मंसिर २०८१, बिहीबार १३:४४

१३ मंसिर,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गइसकेकी छन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।

ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने बताइएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका छन् ।

बैठकले प्रधानमन्त्रीको भ्रमणको एजेन्डाका विषयमा भने कुनै निर्णय नगरेको ती मन्त्रीले बताए। एजेन्डा तय गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन प्रस्थान गरेकी छन्। मंसिर १५ गतेसम्म उनी चीनमै रहेर नेपाल र चीनबीच सम्झौता हुने एजेन्डा तय गर्नेछिन्। परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्