Trending
साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |     म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित     |     वेस्ट इन्डिजद्वारा स्कटल्यान्ड पराजित     |     विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ     |     ‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन     |     लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ     |     चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ अब ‘डिशहोम गो’मा     |     आरसिबीलाई डब्ल्युपिएलको उपाधि     |     यू-१९ विश्वकप फाइनलमा वैभवको विष्फोटक रुप– ८० बलमा हाने १७५ रन     |    
समाचार

मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयोः अध्यक्ष प्रचण्ड

१३ मंसिर २०८१, बिहीबार १३:४९

१३ मंसिर,काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाईएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताएका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारलाई खबरदारी गर्दै गर्दा पनि सुनुवाइ गरेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको भन्दै त्यहाँबाट पनि लडाइँ छेडिएमा देशव्यापी अभियान चलाउने चेतावनी दिए ।

‘प्रधानमन्त्रीबाट त मलाई असंवैधानिकरूपमा हटाइएको छ । तर, मलाई जनताप्रति विश्वास छ । त्यो असंवैधानिक र अलोकतान्त्रिक तथा निरङ्कुश कदमविरुद्ध त्यसको जनताले आफ्नो फैसला सुनाउनेछ । त्यसको लागि जरुरी पर्‍यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौँ,’ प्रचण्डले भने, ‘हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिँदा या विपक्षका सबै नेताहरू मिलेर सरकारलाई खबरदारी गर्दै गर्दा यदि सरकारले त्यसको सुनुवाइ गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ । त्यहाँबाट पनि लडाइँ छेडिनेछ । हरेक पालिका-पालिकाबााट र देशव्यापी अभियान चलाउनुपर्ने बाध्यतामा पनि पुग्नपर्ने हुनसक्छ हामीले भनेका छौँ ।’

उनले राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै त्यसको लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलनका् सुरुवात गर्न आवश्यक रहेको बताए । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन आफू रातदिन देशभरी खटिरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्