Trending
साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |     आजका लागि विदेशी मुद्राको विनिमय दर     |     कर्णाली सरकारको संरचना पुनर्संरचना प्रस्तावले प्रदेशसभामा भूचाल, सत्तापक्षमै विभाजन     |     कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी     |     बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो     |     गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित     |     फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई     |     यी भूभागमा भारी वर्षाको सम्भावना     |     सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |    
समाचार

मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयोः अध्यक्ष प्रचण्ड

१३ मंसिर २०८१, बिहीबार १३:४९

१३ मंसिर,काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाईएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताएका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारलाई खबरदारी गर्दै गर्दा पनि सुनुवाइ गरेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको भन्दै त्यहाँबाट पनि लडाइँ छेडिएमा देशव्यापी अभियान चलाउने चेतावनी दिए ।

‘प्रधानमन्त्रीबाट त मलाई असंवैधानिकरूपमा हटाइएको छ । तर, मलाई जनताप्रति विश्वास छ । त्यो असंवैधानिक र अलोकतान्त्रिक तथा निरङ्कुश कदमविरुद्ध त्यसको जनताले आफ्नो फैसला सुनाउनेछ । त्यसको लागि जरुरी पर्‍यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौँ,’ प्रचण्डले भने, ‘हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिँदा या विपक्षका सबै नेताहरू मिलेर सरकारलाई खबरदारी गर्दै गर्दा यदि सरकारले त्यसको सुनुवाइ गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ । त्यहाँबाट पनि लडाइँ छेडिनेछ । हरेक पालिका-पालिकाबााट र देशव्यापी अभियान चलाउनुपर्ने बाध्यतामा पनि पुग्नपर्ने हुनसक्छ हामीले भनेका छौँ ।’

उनले राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै त्यसको लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलनका् सुरुवात गर्न आवश्यक रहेको बताए । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन आफू रातदिन देशभरी खटिरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्