Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

ओली सरकारमा जस्तो कमजोर सुशासन कहिल्यै थिएनः पुन

१३ मंसिर २०८१, बिहीबार १३:५६

१३ मंसिर,काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले अहिले जत्तिको कमजोर सुशासन कहिल्यै नभएको बताएका छन्।

गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए।

सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ कांग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो।

‘उस्तै गल्तीमा एउटामाथि कारबाही भएको छ । उस्तै घटनामा काँग्रेस–एमाले नेतामाथि कारबाही त परको कुरा बोलाएर सोधपुछ गर्ने र छानबिनको दायरामा राख्ने समेत काम भएको छैन’, पुनले भने ।

यस्तै, उनले मानव तस्करसँग मिलेर युवाहरुलाई जापान लैजाने कोशी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकामा सरकारप्रति आपत्ति जनाए ।

‘मानव तस्करसँग मिलेर मान्छे लगेकामा जापानले डिपोर्ट गरेको छ । प्रहरीले १२ जनामाथि मुद्धा चलाउनुपर्ने प्रतिवेदन दिन्छ । तर, सरकारी वकिललले बिचौलियाको पैसामा जापान जाने मन्त्रीसहित ११ जनामाथि मुद्धा चलाउँछ, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका एमालेका मन्त्रीलाई उन्मुक्ति दिन्छ’, पुनले भने, ‘पैसा खानेलाई उन्मुक्ति पैसा बुझाउनेलाई चाहिं कारबाही ? काँग्रेस–एमालेको सुशासन यस्तो छ ।’

पुनले वर्तमान सरकारमा रहेका एमाले र कांग्रेसका वरिष्ठ नेताहरूले नै आफूहरूसँग दिक्दारी सुनाउन थालेको बताए। ‘कांग्रेसका साथीहरू भन्नुहुन्छ कि हरेक हप्ताजस्तो ओलीजीका नयाँ/नयाँ काण्डहरू आउन थाले कतिञ्जेल थेग्न सकिएला, एमालेका साथीहरू भन्नुहुन्छ, ‘बाम सहकार्य पनि छाडियो। कांग्रेससँग सरकार चलाइएको छ। जनतामा निराशा थप बढेको छ। यसरी लामो समय जान सकिएलाजस्तो छैन,’ उनले भने।

यद्यपि आफूहरू सरकार ढाल्ने खेलमा नलागेको उनको बताए। ०८४ को निर्वाचनसम्मै वर्तमान सत्ता गठबन्धन टिकोस् भन्ने पक्षमा आफ्नो दल रहेको पुनले उलेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्