Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
समाचार

भ्रष्टाचारीलाई जोगाउन रातारात सरकार ढालेः अध्यक्ष दाहाल

३० भाद्र २०८१, आईतवार १२:०९

३० भदौ, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रातारात षड्यन्त्रमुलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाएका छन् ।

आईतवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताए। उनले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाएका छन् ।

उनले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरुलाई पक्राउ गरेपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताए ।

उनले भने, ‘जब नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरु फरार थिए, ति फरार अभियुक्तहरु गिरफ्तार गरिएपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बुढानिलकण्ठ र बालकोटतिर सिधै सुझियो । दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बुढानीलकण्ठतिर । र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’

अध्यक्ष दाहालले गिरिवन्धु टिस्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताउदै भ्रष्टाचारीलाई बचाउन दुई दल एक भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्