Trending
साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |     म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित     |     वेस्ट इन्डिजद्वारा स्कटल्यान्ड पराजित     |     विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ     |     ‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन     |     लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ     |     चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ अब ‘डिशहोम गो’मा     |     आरसिबीलाई डब्ल्युपिएलको उपाधि     |     यू-१९ विश्वकप फाइनलमा वैभवको विष्फोटक रुप– ८० बलमा हाने १७५ रन     |    
समाचार

रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की

१४ मंसिर २०८१, शुक्रबार ०२:०३

१४ मंसिर,काठमाडौं। रुसी राष्ट्रपति भ्दादिमिर पुटिनले युक्रेनको राजधानी किभको निर्णायक एवं केन्द्र भाग मै व्यालेस्टिक क्षेप्यास्त्र प्रहारको धम्की दिएका छन् । कजाकिस्तान यात्राका दौरान पुटिनले यस्तो धम्की दिएका हुन् ।

रातभर युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेपछि पुटिनले युक्रेनले अमेरिकाले पठाएको मिसाइल रुसको भूमिमा प्रक्षेपण गरेको प्रतिक्रियामा सो मिसाइल प्रयोग गरिएको बताए।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले भने रुसको कुनै पनि किसिमको ब्ल्याक मेल स्वीकार्य नहुने बताएका छन्। पश्चिमा सहयोगी देश अमेरिका, फ्रान्स र बेलायतले अनुमति दिएसँगै युक्रेनले रुसमा अमेरिकाले दिएको मिसाइल तथा बेलायत र फ्रान्सको सहयोगमा प्राप्त स्टर्म स्याडो मिसाइल रुसमा प्रयोग गरेको थियो।

रुसको आक्रमणमा कसैको ज्यान नगए पनि १० लाख मानिस प्रभावित भएको युक्रेनी पक्षले जनाएको छ। ऊर्जा केन्द्रको आक्रमणपछि बिजुली बत्ती नहुँदा १० लाख बढी प्रभावित भएका हुन्।

राष्ट्रपति पुटिनले यसलाई युक्रेनले गरेको आक्रमणको जवाफ भनी टिप्पणी समेत गरेका छन् । युक्रेनले २०२२ फेब्रुअरीको आक्रमणपछि पहिलो पटक गएको हप्ता मात्रै ?सी क्षेत्रमा अटाकम्स र स्टोर्म श्याडो क्षेप्यास्त्र प्रहार गर्दै आक्रमण गरेको थियो ।

युक्रेनी राष्ट्रपति जेलेंस्कीले क्लस्टर हतियारको प्रयोग विशेष गरेर नागरिक र उर्जा प्रणालीलाई लक्षित गर्नका लागि हो, भनेका छन् । तर, पुटिनले बेलायत, अमेरिकालगायत आपूर्तिकर्ताले दिएका हतियार प्रयोग गरिरहेको युक्रेनवि?द्ध ९० क्षेप्यास्त्र र १०० ड्रोन लञ्च गरिएका थिए । मध्यपूर्वको तनाव व्यवस्थापनउन्मुख भएका बेला ?स युक्रेन युद्धमा झन् उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्