Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

गगन थापालाई ‘प्रचण्ड’ले हप्तामा एक पटक प्रधानमन्त्री बनिदिनुस् भनेर प्रस्ताव गरेको खुलासा

१४ मंसिर २०८१, शुक्रबार ०२:२१

१४ मंसिर, काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर काँग्रेसलाई हप्ताको एक पटक खबर पठाउने गरेको बताएका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित उपनिर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधनका क्रममा थापाले वर्तमान गठबन्धन फुटाउन प्रचण्डले गरिरहेको प्रयासबारे खुलासा गरेका हुन् । भ्रष्टाचारीको संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धन सरकार बनेको भनेर प्रचण्डले लगाउने आरोपको पनि थापाले खण्डण गरेका छन् ।

उनले नेपाली कांग्रेसले इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताए। उनले सरकार तलमाथि गर्ने नभई आफूहरु परिणाम दिने गरी काम गरिरहेको बताए। उनले सरकारलाई स्थिर बनाउन कांग्रेस लागेको बताए।

उनले भने, ‘नेपाली कांग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो। अहिले पनि प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो। यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो। कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि। उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या कांग्रेससँग छ। प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौँ। यो बेलामा देशलाई स्थिर सरकार दिने कुरा महत्वपूर्ण हो।’

प्रतिक्रिया दिनुहोस्