Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

मकवानपुरगढीद्वारा कृषकलाई अनुदान

१५ मंसिर २०८१, शनिबार ०४:३४

१५ मंसिर, हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको हो ।

गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुसार चालु आवदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिइने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए ।

उनका अनुसार जमिन भाडामा लिई खेती गर्ने कृषकलाई गाउँपालिकाले भाडा बापतको रकम अनुदान दिनेछ । ‘‘आन्तरिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बनाइसकेका छौँ”, गाउँपालिका अध्यक्ष स्याङ्तानले भने,‘‘ सोही कार्यविधि बमोजिम जग्गा भाडामा लिई खेती गर्ने कृषक, कृषक समूह, सहकारी समिति, कृषि फर्महरूलाई भाडा बापतको रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।”

जग्गा भाडामा लिए बापत गाउँपालिकाले प्रति रोपनी रु. दुई हजारका दरले अनुदान उपलब्ध गराउने कार्यविधिमा तय गरिएको अध्यक्ष स्याङ्तानको भनाई छ । विपन्न, सीमान्तकृत, दलित, जनजाति तथा बेरोजगारको सूचीमा रहेकालाई विशेष प्राथमिकता दिएर अघि बढाएको उक्त कार्यक्रम अन्तर्गत कृषकलाई भाडा बापतको रकम उपलब्ध गराउन पालिकाले चालु आव २०८१/८२ मा रु. छ लाख बजेट विनियोजन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्