Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै

१५ मंसिर २०८१, शनिबार ०४:४१

१५ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो भेटवार्ता छन्दुमा नै भएको थियो ।

सो अवसरमा उनीहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओली  सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन् । परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्