Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको शोकमा गाउँपालिकामा बिदा

१६ मंसिर २०८१, आईतवार ०२:४९

१६ मंसिर, काठमाडौँ। दुर्घटनामा वडाध्यक्षको निधन भएको शोकमा आज रामेछापको गोकुलगंगा गाउँपालिकामा बिदा दिइएको छ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको दुर्घटनामा निधन भएकाले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको हो।

गत मंसिर १४ गते काठमाडौंबाट गोकुलगंगा गाउँपालिका (बेताली) आउने क्रममा सिमखोलामा ना १ ज ७१२३ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ४ नम्बर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्